वि.सं:
नेपाल संवत: ११४५ ञलाथ्व चतुर्थी - ४
प्रश्न : सस्पेन्सन बृज डिभिजन अन्तर्गत झोलुङ्गे पुल मागको प्रक्रिया के हो ?
उत्तर : सस्पेन्सन बृज डिभिजनबाट १२० मिटरभन्दा लामा र तीन करोड रुपैयाँभन्दा बढी लागतका झोलुङ्गे पुलको मात्र (आयोजना बर्गीकरणको आधार तथा मापदण्ड, 2080 बमोजिम) निर्माण प्रक्रिया अगाडी बढाइन्छ । झो पु योजनाको लागि तपसिलको कागजात संलग्न राखी यस डिभिजनमा लिखित माग गर्न सकिनेछ :
कार्यालयको नाम : सस्पेन्सन बृज डिभिजन
ठेगाना : श्रीमहल, पूल्चोक, ललितपूर
इमेल : suspensionbridgedivision@gmail.com, info@sbd.gov.np
फोन नं : ०१-५४२४६८१/०१-५४२४६८२
प्रश्न : १२० मिटर वा सो भन्दा छोटा झो पु निर्माणको लागि कहाँ माग गर्न सकिन्छ ?
उत्तर : १२० मिटर वा सो भन्दा छोटा झो पु निर्माणको लागि स्थानीय तहको कार्यालयमा सम्पर्क गरी निर्धारित विधिअनुसार माग प्रक्रिया अगाडी बढाउनुपर्दछ ।